images
images
  • एक साता नुवाकोटका सामुदायीक विद्यालय बन्द गर्दै नेपाल विद्यालय कर्मचारी परिषद

    काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद नुवाकोटले एक साता जिल्लाका सामुदायीक विद्यालय बन्द गर्ने भएको छ । परिषदले भाद्र १२ देखि १८ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद नुवाकोटका अध्यक्ष रामहरी सडौलाले एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले आफ्ना मागहरु नसुनेको हुदाँ बाध्य भई विद्यालय बन्द गर्न परेको र त्यसमा सबैले सहकार्य र सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

    परिषदले सामुदायीक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र सहजकर्ता चरम श्रमशोषणमा परेको भन्दै समय समयमा आन्दोलन समेत गर्दै आईरहेको छ ।

    301804531 2604838206316847 5695566975657180838 n e1661674905526

    प्रतिक्रिया दिनुहोस्
    images
    images