images
images
  • तीज नजिकै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोवार ?

    काठमाडौं- तीजको दुई दिन बाँकी रहदा नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र  चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

    अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images