काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ १८ गते मङ्गलबार ०३:४९

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक आज बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र...

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे बैठक बस्न लागिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०३:४९
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia