काठमाडौं– यो साता सेयर बजारमा दोहोरो अंकको गिरावट आएसँगै बजार पूँजीकरण पनि घटेरको छ । यो साता बजार ४५.६४ अंकले घट्दा बजार पूँजीकरण ६५ अर्ब ३९ करोड ७७ लाख रुपैयाले घटेको हो ।
बजार पूँजीकरण ६५ अर्ब ३९ करोड ७७ लाख रुपैयाँले घटेर २८ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँमा सिमित भएको छ ।
आइतबार २९ खर्ब ५२ अर्ब ५९ करोड ८१ लाख रहेको बजार पूँजीकरणमा सोमबार घटेर २९ खर्ब ४१ अर्ब ९७ करोड ४३ लाखमा झरेको छ । सोमबारसम्म घटेको बजार पूँजीकरण मंगलबार र बुधबार भने बढेको छ । यो दुबै दिन बजार बढेको थियो ।
मंगलबार २९ खर्ब ४४ अर्ब ६२ करोड ४३ लाख रहेको पूँजी बजार बुधबार ४ खर्ब ९ अर्ब ४८ करोडले बढेर २९ खर्ब ४८ अर्ब ७१ करोड ९२ लाख रहेको थियो ।
मंगलबार र बुधबार लगातार सामान्य बृद्धि भएको पूँजी बजार बिहीबार र शुक्रबार घटेको छ । बिहीबार बजार पूँजीकरण २९ खर्ब २२ अर्ब ५१ करोड ७२ लाख रहेको थियो भने शुक्रबार २८ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।


विश्व खबर 



















