images
images
  • प्रदीप खड्काको आक्रोश–चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौं

    काठमाडौं– अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताएका हुन् ।

    उनले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए । उनले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताए ।

    अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images