images
images
  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं– सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै उतार चढाव रहेको बजार अन्तिम समयमा आएर दोहोरो अंकले झरेको छ ।

    बजार मापन गर्ने सूचक १८.३० अंकले घटेर परिसूचक २०३९।५४ बिन्दुमा रोकिएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७८ अंकले घटेर ३९४.५१ बिन्दुमा रहेको छ ।

    २१९ कम्पनीको ४२ लाख ३४ हजार ११७ कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँको सेयर किनबेच भएको छ ।

    बैंकिङ समूहको उपसूचक ४.८९, विकास बैंक ५७.४८, वित्त कम्पनी ३७.३७, जलविद्युत ३९.१५, जीवन बीमा ५८.५६, उत्पादन तथा प्रशोधन ७९.९५, माइक्रोफाइनान्स २७.०७, निर्जीबन बीमा समूहको उपसूचक २१.७३ अंकले घटेको छ ।

    कारोबारमा अपर हेवाखोला हाईड्रोपावर, रु रु जलविद्युत परियोजना, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा मैलुङ खोला जलविद्युत परियोजना, मल्टिप्रपोज फाइनान्स, खानीखोला हाईड्रोपावर, सुर्योदय ओमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images