images
images
  • धौलागिरी लघुवित्तका आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी

    काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।

    आईपीओमा आवेदन दिनेमध्ये ३० हजार ९२९ जनाले १० कित्ता सेयर हात पारेका छन् । त्यसमा पनि ५ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हातखाली भएको छ ।

    १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाइएको छ ।

    आईपीओका नजिता धौलागिरी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइट तथा मेरो सेयरबाट हेर्न सकिने छ ।

    साउन २४ देखि २९ गतेसम्म ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेकोमा १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष, ५ हजार १५५ कित्ता सेयर कम्पनीका कर्मचारी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images