images
images
  • खप्तड लघुवित्तको आईपीओ बिक्री खुल्ला, कति दिने आवेदन ?

    काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

    जसमध्ये २ हजार कित्ता कम्पनीका कर्मचारी, ६ हजार २ सय कित्ता ससेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार ३२० कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

    यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images