images
images
  • बुधबारको विदेशी मुद्रा विनिमय: युरो अमेरिकी डलर भन्दा कमजोर, अन्य देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ। बुधबारको विनिमय दर अनुसार अमेरिकी डलर भन्दा युरो कमजोर बनेको छ। मंगलबार मात्र अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा हुँदा युरो एकको खरिद दर १२७ रुपैयाँ ५९ पैसा र बिक्री दर १२८ रुपैयाँ १९ पैसा रहेको थियो।

    बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कतारी रियलसमेत बुधबार बढेको छ। मंगलबार कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा मात्र थियो।

    कुन देशको मुद्रा दर कति :

    exchange 1 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images