images
images
  • पूर्वप्रधानमन्त्रीलाई सर्वोच्चले सुनायो १२ वर्षको जेल सजाय

    काठमाडौँ- मलेसियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।

    मंगलबार नजिबको विश्वासको उल्लङ्घन, अवैध धनलाई सेतो बनाउने, करोडौँ डलरको भ्रष्टाचार र शक्तिको दुरुपयोग जस्ता आरोपलाई उल्टाउने प्रयासलाई संघीय अदालतले अस्वीकार गरेको बिबिसीले जनाएको छ ।

    सरकारी कोष (वानएमडीबी) घोटालाको आरोपमा उनलाई जुलाई २०२० मा दोषी ठहर गरिएको थियो । तर, पुनरावेदन गर्दा उनी जमानतमा छुटेका थिए ।

    सर्वोच्च अदालतले उनको ढिलो सजाय गर्न गरिएको अनुरोधलाई पनि अस्वीकार गरेको छ । ६९ वर्षीय नजिबमाथि राज्यको स्वामित्वमा रहेको सम्पत्ति घोटालासँग सम्बन्धित आरोप थियो ।

    सन् २०२० मा नै एक अदालतले उनलाई सात वटा मुद्दाहरूमा दोषी पाएको थियो । उनलाई १२ वर्षको जेल र ४६.८ मिलियन डलर जरिवानाको सजाय सुनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images