images
images
  • नबिल बैंकको “नबिल ढुक्क मुद्धती खाता” दोब्बर देखि दश गुणा सम्म प्रतिफल पाइने

    काठमाडौं- नबिल बैंकले “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ । “नबिल ढुक्क मुद्धती खाता” अन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यस मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    यस खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images