images
images
  • डोलबहादुर घलेको स्वतन्त्र उम्मेदवारी घोषणाले नुवाकोट क्षेत्र नं १ को प्रदेश ‘ख’ मा तरंग

    काठमाडौं- आगमी मंसिर ४ गते एकै चरणमा हुने संघ र प्रदेशको निर्वाचनमा नुवाकोट लिखु गाउँपालिका वडा नंं २ का डोलबहादुर घलेले क्षेत्र नं १ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे संगै अन्य दलमा तरंग पैदा भएको छ ।

    दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् । लिखु, सुर्यगढी, ककनी र पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा रहेका छन् । ४० वर्षिय घलेले आफ्नो मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य गर्नु रहेको बताउछन् ।

    घलेले शिर्ष दललाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसका कारण नुवाकोटका दलहरुमा तरंग पैदा भएको छ । यस भन्दा अगाडी कुनै पनि राजनैतिक पार्टीको कुनै पदमा समेत नरहेका घलेले निस्वार्थ रुपमा दललाई सहयोग गरिरहे । तर दलका नेताले आफू लगाएत आफू जस्ता कयौँ युवालाई झिनो आश्वासनमा प्रयोग मात्र गर्ने गरेकाले अब परिवर्तन आफैले गर्नु पर्छ भन्ने उदेश्यका साथ चुनावी माहोलमा होमिएका छन् ।

    १० वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा काम गरेका घले अहिले निर्माण व्यवसायी हुन् । उनी हाल विदुर नगरपालिका वडा नं ४ मा अस्थायी बसोवास गर्दै आएका छन् । राजनीतिमा युवा पुस्ताको आवश्यकता महशुस गर्दै युवा पुस्ताको साथ र सहयोगमा आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको हुँदा अब आफै उम्मेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा आफ्नो जीवन समर्पण गर्न चाहेको घलेले बताए ।

    राजनीतिलाई नेताहरुले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाज सेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको उनले बताए । राजनीतिलाई पेशा होईन कि समाजसेवा बनाउनु पर्ने मान्यता घलेको रहेको छ । सोहि अनुसार आगामी दिनमा निरन्तर आफूले समाजको लागि राजनीति गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images