images
images
  • घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

    काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै घट्दै ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images