images
images
  • वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती

    काठमाडौँ- वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् ।

    सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये एक डा. उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसहित युवराज बस्नेत र निर्मल उप्रेतीको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images