काठमाडौं- टिभिएसले नेपाली बजारमा ‘टिभिएस स्मार्ट एकसेन्ज ‘ मेला ल्याएको छ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्भा मोटर्सले समित शोरुमहरुमा मात्र यो अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत ग्राहकले आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एकसेन्च गरि नयाँ टिभिएसको मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्दछन् । ग्राहकले बजार मुल्यांकन थप ७ हजार रुपैयाँ समेत पाउँनेछन् । यसका साथै, ग्राहकहरुको लागि कम्पनीले नगद ७ हजार छुट मिलाईदिनुका साथै हेल्मेट पनि दिनेछ ।
बैंकले कर्जा दिन गाह्रो मानिरहेको बेला कम्पनीले २० प्रतिशत डाउनपेमेन्टको सुविधा प्रदान गर्नेछ । यो अफर भाद्र ५ देखि सुरु भएर भाद्र १० गते सकिने छ । यो अफर बालकुमारी, पेप्सीकोला, टोखा, अनामनगर, बालाजु, तिनकुने, कान्तिपथ र सामाखुसीको शोरुमहरुमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















