images
images
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार हिजो १ हजार १७० रुपैयाँ कारेबार भएको चाँदी आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images