काठमाडौं- आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०५ छुटको रिडिम भउचर पाउने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०५ छुट (३५० रुपैयाँ सम्मको) पाइने रिडिम भउचर दराजको होम पेजमा प्रदान गरिने जनाइएको छ । दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















