images
images
  • नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै

    काठमाडौँ- नेपाल सरकार र बेलायत सरकारबिच सोमबार(भोली) श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ। सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी खुला हुने भएको हो ।

    नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबिच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारी पत्रको मस्यौदालाई अन्तिम रूप दिएसँगै हस्ताक्षरको मिति तय भएको हाे । नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने बेलायत सरकारको प्रस्ताव गरेसँगै नेपाल सरकारले चासो देखाएको थियो।

    नेपाल र बेलायतबिच जी टू जी मोडलमा नर्स बेलायत रोजगारीका लागि पठाउने गरी सम्झौता गर्ने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

    नेपालबाट नर्ससहित ल्याब असिस्टेन्ट अनमी, बी एन नर्स, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता हुने सचिव अर्यालको भनाई छ ।

    रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम(आईईएलटीएस) परीक्षामा ६ अङ्क प्राप्त गर्नुपर्ने छ भने नर्सिङ काउन्सिलबाट अनुमति पत्र लिनुपर्ने, ५ वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images