images
images
  • आजको आजको मौसम : तराईमा कुहिरो, पहाडमा वर्षाको सम्भावना

    काठमाडौं – नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले बुधबार बिहान देशका विभिन्न स्थानमा आंशिक बदलीसँगै तराई, उपत्यका तथा पहाडी क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    त्यस्तै, बुधबार राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    महाशाखाले आगामी चार दिनका लागि कुनै चेतावनी जारी गरेको छैन । यद्यपि मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना र पूर्वानुमान हेर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images