काठमाडौं – अमेरिकामा केही राज्यमा मतदान सकिएको छ । सिबिसी न्युजले भर्जिनियामा डेमोेक्र्याटका मार्क वानर सिनेटर बन्दै छन् । सिएनएनले गरेको एक सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी अर्थतन्त्रबाट असन्तुष्ट छन् ।
नर्थ क्यारोलिना, ओहियो र पश्चिम भर्जिनियामा मतदान सकिएको छ । ३० वर्ष देखि डेमोक्र्याटले सफलता नपाएको टेक्ससमा यस पटक जेम्स टालासिको कडा प्रतिस्पर्धामा छन् । मिचिगनमा अब्दुल अल सायद चर्चामा छन् ।
अहिले मतदान सकिएका जर्जियामा डेमोक्र्याटले जित्ने अनुमान गरिएको छ भने दक्षिणी क्यारोलिना र ओहियोमा कढा प्रतिस्पर्धा हुने अनुमान छ ।
धेरै जिल्लामा मतगणना सुरु भई सकेको छ । विगत लामो समय देखि रिपब्लिक प्रभाव रहेको जिल्लामा डेमोक्र्याट अग्रताले सो दलका नेताहरू उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















