काठमाडौं– गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको जनाएको हो ।
७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा आयातकर्ताले राज्यलाई २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।
यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब इमिरेट्सबाट ४१ लाखको दुध आयात भएको छ । यसैगरी, अमेरिकाबाट १३ लाख रुपैयाँको दुध आयात भएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















