images
images
  • पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं– पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

    कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।

    सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images