images
images
  • आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरबाट मीनभवनमा स्थानान्तरण

    काठमाडौं-आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरबाट मीनभवनमा स्थानान्तरण भएको छ ।

    कार्यालय नयाँ बानेश्वरबाट काठमाडौं महानगरपालिका वडा ३१ को मीनभवन मार्गमा सरेको हो । हाल स्थानान्तरण भएको कार्यालय निजामती कर्मचारी अस्पतालको पश्चिमतर्फ रहेको आशीर्वाद भवनको तेस्रो–चौथो तलामा रहेको कार्यालयले जनाएको छ ।

    आइतबारदेखि नै नयाँ कार्यालयबाट सेवा दिने तयारी सम्पन्न भएको जनाइएको छ । पूरै तयारी भए पनि त्यस दिन भने कुनै पनि प्राविधिक कारण सेवा प्रवाहमा समस्या पर्न सक्ने जानकारी कार्यालयले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images