images
images
  • सुनको मूल्य प्रतितोला ९५ हजारमा झर्‍यो, चाँदीको कति ?

    काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँ भएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा कारोबार भएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images