images
images
  • एनआईसी बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा ४ जनालाई ८४ लाखसम्मको पाचँवर्षीय बीमा सुरक्षण निःशुल्क

    काठमाडौं– तपाईंलाई आफ्नो भविष्यबारे कति चिन्ता लाग्छ ? भविष्यमा आईपर्न सक्ने स्वास्थ्य समस्याहरूको उपचार गर्न उत्पन्न हुने अभावदेखि डराउँदै हुनुहुन्छ भने, अहिले नै केही उपाय सिक्न जरुरी छ । ती मध्ये एक प्रमुख उपाय तपाईंलाई एनआईसी एशिया बैंकले सिकाइरहेको छ ।

    एनआईसी बैंकको बचतसँगै बीमा सम्बन्धी नयाँ योजना ल्याएको छ । बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापत ६ करोड १३ लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ । बैंकको यस उपलब्धिले पनि सयौं ग्राहकलाई प्रतिफल प्राप्त भएको छ ।

    बैंकले ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ ले त्यस्तो सुविधा दिएको छ कि, जस अन्तर्गत खातावालाले ८४ लाख रुपैयाँसम्मको ३ वटा बीमा फाइदा प्राप्त गर्न सक्दछन् । यस सीमाको बीमा खातावाला एवं निजले मनोनित गर्ने अन्य ३ जना परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावाला बराबर नै अर्थात् प्रतिव्यक्ति २१ लाखसम्मको ३ प्रकारका बीमा सुरक्षण गरिएको छ । जस्तै शारीरिक अशक्तता भयो वा मृत्यु भयो भने १० लाखको दुर्घटना बीमा, विभिन्न १८ वटा घातक रोग लाग्यो भने त्यसको उपचारका लागि १० लाखको घातक रोग बीमा र मेडिकल जाँच वापत (ओपिडी र बहिरंग) १ लाखसम्मको मेडिकल बीमा गरी कुल २१ लाख सम्मको बीमा फाइदा रहेका छन् ।

    सर्वश्रेष्ठ बचत खाताको गुडविल श्रेणी अन्तर्गत खातावाला एवं निजले मनोनित गर्ने व्यक्तिहरूलाई प्राप्त हुने उपरोक्त बीमा सुरक्षण खाता खोलेको ५ वर्षको अवधिसम्म उपलब्ध हुनेछ । यसका लागि खातावालाले एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजनाको गुडविल एम्बेसडर खाता खोल्नुपर्ने हुन्छ ।

    तपाईंले मनोनित गरेका तीन व्यक्तिहरूको हकमा भने उनीहरूले फाइदा लिनका लागि एनआईसी एशियामा शुन्य मौज्दातको खाता खोल्नुपर्ने व्यवस्था छ । खातावालाले यस बचत खातामार्फत ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूको अलावा सर्वाधिक उच्च ब्याजदर, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।

    के हो सर्वश्रेष्ठ बचत खाता ?
    एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचतखाता योजनालाई नेपालको बैंकिङ क्षेत्रमै पहिलो र सर्वश्रेष्ठ फाइदासहितको बचत खाताको रुपमा पनि लिइन्छ । जुन खातामा बचत गर्दा तपाईंले बीमाबाट पाउने फाइदा पूरा पाइनेछ । त्यसो त, तपाईंको पैसा पनि बढिरहने भयो । यस अन्तर्गत विशेषगरी तीन श्रेणी छन् ।

    गुडविल एम्बेसडर, प्राइड र पार्टनर
    गुडविल एम्बेसडर बचत खातामार्फत तपाईंले सर्वाधिक उच्च ब्याजदरसहित ८४ लाखसम्मको बीमा सम्बन्धी फाइदा पाइनेछ । गुडविल एम्बेसडर श्रेणीका खातावालहरू बैंकका पनि एम्बेसडर सरह हुन् । अर्थात् बैंकले उनीहरूलाई उत्कृष्ट ग्राहकको रुपमा लिएको छ । यस खाताका लागि बैंकमा १ लाख मौज्दात हुनुपर्छ । यस्तै प्राइड श्रेणीको खाताका लागि ५० हजार मौज्दात हुनु जरुरी छ । त्यस्तै पार्टनर श्रेणीको खाताका लागि भने २५ हजार मौज्दात आवश्यक पर्छ ।

    यस्तै विभिन्न उमेर समूह तथा लैंगिक र अन्य समूहका आधारमा बैंकबाट फरक कस्टमर सेग्मेन्ट पनि पाउन सकिन्छ । जस्तै सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता लगायत छन् ।

    बेसरेटमा थप १ प्रतिशतमै १० गुणाभन्दा बढी कर्जा फाइदा
    यदि तपाईं एनआईसी एशिया बैंकको ‘गुडविल एम्बेसडर’ बचतकर्ता हो भने तपाईंका लागि अर्को महत्वपूर्ण फाइदा पनि छ, त्यो के भने तपाईंले १ करोडसम्मको पूर्वस्वीकृत कर्जा लिन सक्नुहुन्छ । पूर्वस्वीकृत कर्जाको फाइदा भन्नाले यदि तपाईंले खाता खोलेर तीन महिनाको लागि १० लाख रुपैयाँ औसत मौज्दात खातामा राख्नुभयो भने बैंकबाट तपाईंका लागि यस्तो फाइदा दिएको हो ।

    साथै यो कर्जा पाउँदै गर्दा तीन महिनाको औसत मौज्दातको १० गुणा बढी वा कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी मात्र ०.२५ प्रतिशत प्रशासनिक शूल्क तिर्नुपर्ने हुन्छ ।

    ५ वर्षसम्म निःशुल्क विविध बैंकिङ सेवाहरू
    सर्वश्रेष्ठ खातावालको रुपमा तपाईंले पाउने अर्को प्रमुख फाइदा पाँच वर्षसम्म तपाईंले बैंकका सम्पूर्ण डिजिटल सेवाहरूको निशुल्न उपयोग गर्न पाउनुहुन्छ । एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड मात्रै नभएर तपाईंले पाँच वर्षसम्म मोबाइल बैंकिङ, डिम्याट खाता, प्रिपेड डलर खाता, मेरो शेयर खाता, र्इ–कमर्स नवीकरण, चेक क्लियरिङ, लकर सेवा, इन्टरनेट बैंकिङ लगायत डिजिटल सेवाहरू निःशुल्क प्रयोग गर्न पाउनुहुन्छ ।

    स्वीप इन स्वीप आउट सुविधा
    यस फाइदा अन्तर्गत बचतकर्ताको खातामा यदि २ लाखभन्दा धेरै रकम भएको खण्डमा उक्त रकमलाई १० हजारले गुणा गर्दै बैंकले ३ महिनाको मुद्दती निक्षेपमा रकमान्तर गर्नेछ । साथै उक्त रकममा मुद्दती खाता सरह वार्षिक उच्चतम ब्याजदर तपाईंले प्राप्त गर्नुहुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images