काठमाडौं– हिम पर्वत हाईड्रोपावर लिमिटेडले सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटललाई नियुक्त गरेको छ।
सम्झौतामा हिम पर्वतका अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएलका कामु प्रमुख कार्यकारी अधिकृत उज्वल चन्दले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सिबिआईएल क्यापिटलले हिम पर्वतको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्ने छ। यसबाहेक २८ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने छ। कम्पनीले कुल ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















