images
images
  • कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

    काठमाडौं- कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ देखि सुरु गरेको जनाएको छ ।

    “क्युआरको कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५५ वा रु।५० सम्म बोनस बापत बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images