काठमाडौं- बिहीबार नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।अघिल्लो दिन यस्तो सूचक सामान्य अंकले घटेको थियो ।
नेप्सेका अनुसार आज २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
१३ वटा उपसूचकहरु मध्ये आज सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.१७ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक २.९२ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.३२ प्रतिशतले बढेको छ ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक १.४५ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ । आज मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने दर्जन हाराहारीका कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत माथिको वृद्धि भएको छ ।


विश्व खबर 



















