images
images
  • वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘नारीरत्न’बाट सम्मानित

    काठमाडौं- दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड– २०७९ ‘नारीरत्न’बाट वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन् ।

    काठमाडौंमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान गरेका हुन् । दाहालले श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।माओवादीका अध्यक्ष दाहालले सम्मानित हुने वरिष्ठ सौन्दर्यविद् श्रेष्ठसहितका सम्मानित व्यक्तिहरूलाई बधाई र शुभकामना दिएका छन् ।

    ‘नारीरत्न’बाट सम्मानित भएपछि श्रेष्ठले आयोजक सूर्य चन्द र सुमन ‘बैरागी’सहितको टिमलाई धन्यावाद दिएकी छिन् । उनले भनिन्, ‘नारीरत्नबाट सम्मान गर्नु हुने आयोजक र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबैमा आभार व्यक्त गर्दछु ।’श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।सौन्दर्यको क्षेत्रमार्फत मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘नारीरत्न’ले सम्मान गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

    वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एकरएक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् पर्दै आएको छ ।सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले सञ्चारकर्मी ऋषि धमला, अभिनेता कृष्ण मल्ल, संगीतकार चेतन सापकोटालाई पनि प्रमाण–पत्रसहित सम्मान गरिएको थियो ।अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाललाई रश्मिलाजका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठसहितले कार्यक्रममा स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images