images
images
  • घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

    काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । मंगलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार सात सयमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९६ हजार दुई सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images