काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।
प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई विषय बनाएको छ । फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ ।
फिल्ममा स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।





















