images
images
  • नबिल बैंकले ल्यायो नबिल फोनलोन सुविधा, विनाधितो एक लाख कर्जा पाइने

    काठमाडौं– नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ ।

    बैंकले यूएनसिडिफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो ।

    कसरी लिने नबिल फोनलोनः
    क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नबिल स्मार्ट बैकिंङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

    सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ।

    यस्तै, अघिल्लो महिनामा ५ वटा क्यू आर कारोबारबाट १० हजार रूपैयाँ बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो ४ हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्ने हुन्छ ।

    “हामीले धितोविना नै क्यू आर कारोबारलाई आधार मानेर क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनाले भने।

    शुरुवाती चरणमा व्यवसायीहरुले १ लाख रूपैयाँसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images