images
images
  • व्याज खर्चका कारण अपर तामाकोशी १.८७ अर्ब घाटामा, ऋण ७९ अर्ब माथि

    काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमास सम्ममा रु.१.८७ अर्ब घाटामा रहेको छ। अघिल्लो वर्षको चौथो त्रैमासमा पनि रु.५.३४ करोड घाटामा गएको थियो। कम्पनी घाटामा रहेसँगै प्रति शेयर आम्दानी पनि रु.१७.६९ ले ऋणात्मक रहेको छ।

    हाल दोलखा जिल्ला हुँदै बहने तमाकोशी खोलामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजना संचालन गरीरहेको कम्पनीले चौथो त्रैमास सम्ममा रु.७.१७ अर्ब विद्युत बिक्री आम्दानी गरेको छ तथापि व्याज खर्चका कारण कम्पनीले घाटा व्यहोर्नु परेको हो।

    रु.१०.५९ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष रु.२.७१ अर्बले ऋणात्मक रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष घटेर रु.७.८७ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष घटेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु.९२.०३ बाट घटेर रु.७४.३३ कायम हुन आएको छ।

    यस्तै, कम्पनीले बैंक वित्तिय संस्थाहरुलाई भुक्तान गर्नु पर्ने कर्जा सापत रु.७९.४१ अर्ब रहेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात १०.०९ गुणा कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्ने गर्दछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images