images
images
  • महिला साफ: टेक्लिकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई, अरु क-कसले पाए ?

    काठमाडौं-भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ ।

    मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटी गठिन गरी सबै कमिटीको संयोजकसमेत चयन गरेको हो ।

    एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट् संयोजकको रुपमा चयन गरिसकेको छ ।

    बैठकले प्रतियोतिगाको टिकटका लागि पुनः टेन्टर आह्वान गर्ने निर्णयसमेत गरेको छ । जसको न्युनतम मूल्य २५ लाख रहेको छ । साफको टिकट मूल्य यस अघिनै ३०० र ५०० तोकिएको छ ।

    कुन कमिटीकाे कसले के पाए नेतृत्व ?

    हस्पिटालिटी कमिटी : मनिस जोशी

    स्वास्थ्य कमिटी : रमेश व्यन्जनकार

    होटेल तथा यातायात कमिटी : पुरुषाेत्तम थापा

    टेक्निकल कमिटी : कृष्ण थापा

    रेफ्री कोर्डिनेटर कमिटी : बुद्धि गुरुङ

    कार्यक्रम कमिटी : विकासनारायण श्रेष्ठ

    प्रचार कमिटी : सुरेश साह

    नेपाली राष्ट्रिय टिम व्यवस्थापन कमिटी : सरिला श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस्

    images
    images