
काठमाडौं- मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्