काठमाडौं- नेपालमा उत्पादन हुने चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको हल्ला भइरहेको बेला चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको हो ।
चीनले नेपाली चियाका लागि बजार खुला गरेको बोर्डका अध्यक्ष डा. बिष्णुप्रसाद भट्टराईले बताए । नेपालको चिया चीनमा निर्यातबारे गत मंसिरमा पठाएको मोडालिटीमा पनि बेइजिङले सहमति जनाएको उनले बताए ।
प्रतिवेदनले नेपाली चिया चिनियाँ बजारसम्म पुर्याउनका लागि चीनको जेनरल एडमिनिष्ट्रेसन अफ कष्टम (जीएसीसी) मा नेपाली चियालाई दर्ता गर्नु पर्ने, नेपालको चियाको गुणस्तर र हेल्थ सर्टिफिकेट को विषय सरकारले सम्बोधन गर्न बाँकी छ ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले २४–२६ साउनसम्म चीनको भ्रमण गरेका थिए ।


विश्व खबर 



















