images
images
  • १२ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बुुबा पक्राउ

    सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो । उनले भने, ‘बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ । हामीले अहिले अनुसन्धान गरिरहेका छौं ।’

    उनका अनुसार पीडित बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ । प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images