images
images
  • चीनबाट भोलि ९ लाख डोज खोप काठमाडौं आइपुग्ने, खोप ल्याउन नेपाल वायुसेवा निगमको विमान आज राति बेइजिङ जाँदै


    काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको कोभिड(१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा भोलि मंगलबार काठमाडौं आइपुग्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइन लागिएको हो ।

    ८ लाख डोज खोप मंगलबार दिउँसो दुई बजे काठमाडौं आइपुग्नेछ । खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती बेइजिङ प्रस्थान गर्दैछ ।

    हिमालय एयरलाइन्सको जहाजले कुन्मिङबाट मंगलबार १ लाख र बुधबार अर्को एक लाख डोज खोप काठमाडौं ल्याउनेछ । चिनियाँ राष्ट्रपति सी जिङपिङले यसैसाता नेपाललाई १० लाख डोज अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए ।

    नेपालले चिनियाँ खोप सिनोफार्म (भेरोसेल)लाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । चीनले यसअघि नेपाललाई ८ लाख खोप उपलब्ध गराइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images