
एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’अन्तर्गत ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना’ ल्याएको छ । बैंकले ज्येष्ठ नागरिकलाई ५ वर्ष अवधिका लागि अधिकतम ८४ लाख रुपैयाँसम्मको बीमा कभर हुने गरी ३ श्रेणीहरू रहेको ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो । निक्षेपमा ढुक्कले पैसा राखेसँगै यति धेरै फाइदाको अवसर हासिल गर्न ज्येष्ठ नागरिकलाई यो सुनौलो मौका भएको बैंकले बताएको छ । बैंकका अनुसार बचत खातामा ज्येष्ठ नागरिकका लागि नेपालको बैंकिङ क्षेत्रमै अतुलनीय अफर हो ।
‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ अन्तर्गतको एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया श्रेणी छन् । एनआईसी एशिया गुडविल एम्बेसडरअन्तर्गत न्यूनतम १ लाखको मौज्दात, द प्राइड अफ एनआईसी एशियामा न्यूनतम ५० हजार र द पार्टनर अफ एनआईसी एशियामा न्यूनतम २५ हजार रुपैयाँ मौज्दात गरी खाता खोल्न सकिनेछ । त्यस्तै, एम्बेसडर खातामा ८४ लाख रुपैयाँ, प्राइड खातामा ४२ लाख रुपैयाँसम्म र पार्टनर श्रेणीमा २१ लाख रुपैयाँसम्मको बीमा फाइदा प्राप्त हुने यी तीन श्रेणीका फाइदा खाता खोलेको पाँच वर्षसम्म उपलब्ध हुने बैंकले जनाएको छ । जसका लागि ग्राहकले कुनै किसिमको अतिरिक्त शुल्क वा प्रिमियम तिर्नु पर्दैन ।
साथै, तीनै श्रेणीका खातावालालाई बैंकले ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ फाइदा दिएको छ । डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा पाँच वर्षका लागि निःशुल्क कारोबार गर्न पाइने व्यवस्था छ । रू. ५ लाखसम्मको क्रेडिट कार्डको सीमा पाइनेछ भने ग्राहकलाई क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क नलाग्ने व्यवस्थासमेत बैंकले गरेको छ । पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न र ई–कमर्स एक्टिभेसन शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ । यससँगै ५ वर्षसम्म निःशुल्क चेक प्रोसेसिङ, आरटीजीएस, आईपीएस तथा सीआईपीएस, लकर शुल्क, लकर मार्जिन, एटीएमबाट नगद झिक्न (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गर्न (स्वदेशी बैंक) सकिनेछ । साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिइनेछ । यसमा अमेरिकी डलर, युरो क्यानेडियन, पाउण्ड स्ट्रर्लीङ र अस्ट्रेलियन डलर सटहीमा सुविधा दिने गरी व्यवस्था गरेको छ ।
बचत गर्दा सहुलियत कर्जा फाइदा
बचतकर्ताले आवश्यकताअनुसार कर्जासँग सम्बन्धित लाभ पनि लिन सक्नेछन् । बचतकर्ताहरूले खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पूर्व स्वीकृत कर्जा सीमाअन्तर्गत रही व्यक्तिगत कर्जामा फाइदा पाउनेछन् ।
नेपाल राष्ट्र बैंक तथा बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (आधार दरमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिनेछ । यदि ग्राहकको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत १० लाख बचत जम्मा रहेको छ भने ग्राहकले १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा फाइदाअनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । उक्त कर्जामा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।
तीन प्रकारका सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता, कुनबाट के फाइदा ?
१. एनआईसी एशिया ‘द गुडविल एम्बेसडर’ सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाताका यस्ता छन् विशेषताहरू:
बीमा फाइदाहरू : यसअन्तर्गत खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले बीमा फाइदा पाउने छन । यो खाता खोलेको ५ वर्षसम्ममा बीमा सुविधा उपलब्ध छ । जसमा ४० लाखसम्म दुर्घटना बीमा, ४० लाखसम्म घातक रोग बीमा, ४ लाखसम्म औषधि उपचार बीमाको फाइदा छ । औषधि उपचार बीमाअन्तर्गत ओपिडिमा ८० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा ३ लाख २० हजारसम्मको बीमाले ब्यहोर्नेछ ।
सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर निःशुल्क, पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षका लागि ५० प्रतिशतसम्म छुट पाइने । यस्तै, २ लाख रुपैयाँभन्दा माथि भएकालाई फ्लेक्जी फिक्डको फाइदा प्राप्त हुने । साथै फ्लेक्जी फिक्स्डमा वार्षिक ११.०३ प्रतिशत ब्याज पाइने, मुद्दती र बचत ब्याजको भिन्नतामा अग्रिम भुक्तानी शुल्कको फाइदा छ ।
कर्जा सम्बन्धित फाइदाहरू : पूर्वस्वीकृत कर्जा सीमाअन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणासम्म कर्जा पाइने ।
पाँच वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि ।
२. ‘द प्राइड अफ एनआईसी एशिया बैंक’ सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता
बीमा फाइदाहरू : यो प्रोडक्ट लिएका खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जनाले बीमा फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म उक्त फाइदा प्राप्त हुनेछ । जसमा २० लाखसम्म दुर्घटना बीमा, २० लाखसम्म घातक रोग बीमा, २ लाखसम्म औषधि उपचार बीमा रहेको छ । यसअन्तर्गत ओपिडिमा ४० हजार रुपैयाँ र हस्पिटलाइज्ड हुनुपरेमा १ लाख ६० हजार रुयैयाँसम्मको बीमाबापत भुक्तानी गर्ने गरी व्यवस्था मिलाइएको छ ।
सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षका लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् । निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलियो म्यानेजमेन्ट सेवा सहुलियत शुल्कमा उपभोग गर्न सक्छन् । जसमा निक्षेपकर्तासँग भएको पुँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयर बजार, म्युचुअल फन्ड आदि) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन्छ ।
कर्जासम्बन्धी फाइदाहरू : पूर्वस्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाइने ।
पाँच वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि ।
३. ‘द पार्टनर अफ एनआईसी एशिया बैंक’ सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता
बीमा फाइदाहरू : यो प्रोडक्ट लिएका खातावालाले बीमाको फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म बीमा सुविधा उपलब्ध छ । जसमा रू. १० लाखसम्म दुर्घटना बीमा, रू. १० लाखसम्म घातक रोग बीमा, रू. १ लाखसम्म औषधि उपचार बीमा उपलब्ध छ । औषधि उपचारअन्तर्गत ओपिडिमा २० हजार रुपैयाँ र हस्पिटलाइज्ड हुनुपरेमा ८० हजार रुपैयाँसम्मको बीमाले व्यहोर्नेछ ।
सम्पत्ति अभिवृद्धि फाइदा : ५ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट पाइने ।
कर्जासम्बन्धी फाइदाहरू : पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुणासम्म पाइने ।
पाँच वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि पाइने ।
प्रतिक्रिया दिनुहोस्