images
images
  • कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ

    सुर्खेत- कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दैछन् ।

    उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज बिहान ११ बजे हुने छ ।

    यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

    मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images