काठमाडौं- विहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९६ हजार ६ सय तोकिएको छ । सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार दुई सय २५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















