images
images
  • जम्मु-कश्मी आक्रमण: विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

    नयाँ दिल्ली- जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

    जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।

    घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ ।

    भारत प्रशासित काश्मीरमा विखन्डनकारी समूह र सुरक्षा फौजबीज बारम्बार झडप हुने गरेका छन् । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images