काठमाडौं- बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















