images
images
  • यस्तो छ मंलबारको विदेशी मुद्राको विनीमय दर

    काठमाडौं- अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो।

    जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा थियो।

    आज युरोको रेट पनि बढेको छ । हिजो १२९ रुपैयाँ ४० पैसा रहेको युरो एकको खरिद दर आज १२९ रुपैयाँ ५९ पैसा रहेको छ। आज बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     

    Capture 6

    प्रतिक्रिया दिनुहोस्
    images
    images