images
images
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो  दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलब १६ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से १०.२७ अंकले बढेर दुई हजार एक सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको थियाे ।

    त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा आज नेप्सेमा दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।

    आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने  हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०.८० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २० करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images