images
images
  • खल्तीबाट ५० रुपैयाँ रिचार्ज गरेर ‘वान प्लस १० प्रो’ जित्न सकिने

    काठमाडौं– खल्ती डिजिटल वालेटले मात्र ५० रूपैँयामा १ लाख ३५ हजार बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।

    प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्तीमा वान प्लस १० प्रो” आईकन बाट ५० रुपैँयाको रिचार्ज गर्नुपर्ने छ। आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन्। साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images