काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैँया र अनार २९० रुपैँया रहेको छ ।
त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैँया, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैँया २० पैसा, भारतीय रातो आलु ३७ रुपैँया, मुडेको आलु ५४ रुपैँया, इमली १४६ रुपैँया ६७ पैसा कायम गरिएको छ ।
यस्तै, स्थानीय काउली प्रतिकिलो ६८ रुपैँया, लोकल काक्रोँ ७६ रुपैँया, कागती २०४ रुपैँया, कुरिलो ५५० रुपैँया र अकबरे खुर्सानी १८३ रुपैँया ३३ पैसा तोकिएको छ ।
समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैँया ६७ पैसा, लोकल गाजर १२६ रुपैँया ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैँया कायम गरिएको छ । त्यस्तै, गुन्द्रुक प्रतिकिलो २७५ रुपैँया, नेपाली ठूलो गोलभेडा ५७ रुपैँया ५० पैसा र टनेल गोलभेडा ४१ रुपैँया २० पैसा कायम गरिएको छ ।
त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैँया, घिरौला ४५ रुपैँया, चिचिण्डो २८ रुपैँया ३३ पैसा, झिगूनी ४५ रुपैँया, छडी माछा २३५ रुपैँया, रहु माछा ३१५ रुपैँया र तामा ११६ रुपैँया ६७ पैसा कायम गरिएको छ । यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैँया, तोरीको साग ५५ रुपैँया र न्यूरो ११६ रुपैँया ६७ पैसा तोकिएको समितिले जनाएको छ ।


विश्व खबर 



















