images
images
  • भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन

    काठमाडौं- यही जनवरीमा रियलमीले स्न्यापड्रागन ६८० एसओसी प्रोसेसरसहितको रियलमी ९ आईको फोरजी संस्करण सार्वजनिक गरेको थियो । यसको सात महिना पनि नबित्दै कम्प‍नीले सोही मोडेलको फाइभजी भर्सन पनि ल्याउन लागेकाे छ ।

    कम्पनीले यही अगस्ट १८ अर्थात् भदौ २ गते रियलमी ९ आई फाइभजी सार्वजनिक गर्न लागेकाे हाे । ‘द फाइभजी रकस्टार’ ट्यागलाइन सहित कम्पनीले ९आईको फाइभजी भर्सनको प्रचार गरिरहेको छ ।

    यो फोनमा डाइमेन्सिटी ८१० चिप प्रयोग भएको बताइएको छ भने फोनलाई पहिलेको भन्दा फ्ल्याट डिजाइन दिइएको छ । पावर बटन पनि फोनको दायाँतिर हुनेछ ।

    मुख्य क्यामेरा भने फ्ल्याट छैन । अर्थात् मुख्य क्यामेराको भाग थोरै उठेको छ । यो फोनको मूल्य करिब २४ हजार नेपाली रुपैयाँ हुने अनुमान छ । फोनको विषयमा थप विवरण भने आउन बाँकी नै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images