images
images
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोवार ?

    काठमाडौं- आइतवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम गरिएको थियो ।

    आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार १ हजार २०५ रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images