images
images
  • पर्सामा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति

    पर्सा- पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल ६ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरेको हो ।

    मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गतेसम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रा.लि, काठमाडौंले पाएको हो ।

    वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images